काठमाडौं महानगरमा २५ करोडसम्मको परियोजना स्वीकृत गर्न पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक निजी साझेदारी वा निजी लगानीबाट हुने परियोजना सम्बन्धी ऐनमा आफ्नो अधिकारलाई फराकिलो बनाइएको छ ।

साझेदारी तथा लगानी ऐन, २०७९ मा आफ्नो अधिकारलाई फराकिलो बनाउँदै २५ करोडसम्मको योजना सिधै स्वीकृत गर्न पाउने व्यवस्था मेयर बालेनले गरेका छन् ।

सार्वजनिक निजी साझेदारी वा निजी लगानीबाट सञ्चालन हुने परियोजनाहरू कार्यान्वयनका लागि महानगरपालिका प्रमुखबाट ५ करोडभन्दा बढी र २५ करोडसम्मको परियोजना स्वीकृत हुनसक्ने व्यवस्था गरेको हो ।

ऐन अनुसार २५ करोडभन्दा बढी लागत भएका परियोजनाहरू कार्यान्वयन गर्ने सम्बन्धमा कार्यपालिकाबाट स्वीकृत गर्नुपर्ने व्यावस्था रहेको छ । यस्तै ५ करोडसम्मको परियोजना सम्बन्धित वडा समितिबाट स्वीकृत गराउनु पर्ने ऐनमा उल्लेख रहेको छ ।

एकभन्दा बढी वडा क्षेत्रमा सञ्चालन हुने परियोजना वा एकाइबाट परियोजना सञ्चालन गर्न उपयुक्त हुने भनी बोर्डले निर्णय गरेको परियोजना ५ करोडभन्दा कम लागत प्रमुखबाट स्वीकृत गर्न र सञ्चालन गर्न मिल्ने ऐन आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *