ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर नवलपरासीको सर्दीमा


काठमाडौं । ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाँउपालिका वडा नं ४, सर्दीमा ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ
सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक दुम्कीबास शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *