नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा
काठमाडौं । नबिल बैंकले निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीम बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटोकर्पको तर्फबाट सह महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका छन् ।
यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ । सम्झौता अनुसार सबै नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ। इभीको लागि कर्ज बेस रेट प्लस ३.५० प्रतिशतदेखि ५ प्रतिशत हुने र कर्जा अवधि ७ वर्षको हुने बैंकले जनाएको छ । नबिल बैंकको देशभर रहेका २४८ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछ बताइएको छ । बैंकको अनुसार यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक विक्रेता र नबिल बैंकका सबै शाखाहरुबाट नेपालभरी लागु हुनेछ ।