निफ्राको संचालक समितिबाट चन्द्र ढकालले दिए राजिनामा
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पूर्वाधार बैंक निफ्राको संचालक समितिबाट पछिल्लो समय कार्यव्यस्तता बढेको भन्दै राजिनामा दिएका छन् । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ । हाल निफ्राको सञ्चालक समितिमा ६ जना सदस्य छन् । समितिको अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल र अन्य सदस्यहरुमा नेपाल सकारको तर्फबाट श्रीकृष्ण नेपाल, इमर्जिङ्ग नेपालको तर्फबाट लालमणी जोशी, स्वतन्त्र संचालकमा शंकर प्रसाद अधिकारी र सर्वसाधारण सेयरधनीको तर्फबाट सुमन पोखरेल र लिला अधिकारी आचार्य रहेका छन् ।