एनआईसी एशिया बैंकको सेवा दुई दिनसम्म बन्द हुने
काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो । ‘यस बैंकको कार्ड सेवा डेबिट,क्रेडिट,प्रिपेडको स्विच अपग्रेशन,माइग्रेशन गर्नु पर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम,पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ, बैंकद्वारा जारी गरिएको सूचनामा भनिएको छ । कार्ड सम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ ।