अञ्जन र उमेश दोस्रो चरणमा भिड्दै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको निर्वाचन पुनः हुने भएको छ । तोकिएको ५१ प्रतिशत मतभार कुनै पनि समूहबाट नआएपछि पुनः मतदान हुने भएको हो । अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ पुनः मतदानमा जाने भएका छन् । १ प्रतिशतले रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिएका छन् । महासंघ निर्वाचन मुख्य अधिकृत लिलामणी पौडलका अनुसार मतगणना सकिएको छ । जिल्ला नगर तर्फबाट कुल ११७ मत खसेको थियो । सोमध्ये महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र सघंईले ३९ मत, उमेशलाल श्रेष्ठले २८ र अन्जन श्रेष्ठले ४७ मत पाएका छन् । यस्तै, एसोशिएट तर्फ खसेको १ हजार ६ सय मत गणना हुँदा वरिष्ठ उपाध्यक्षको सबै मत गणना हुँदा रामचन्द्र संघई अगाडी देखिएका छन् ।
संघाईले ६१३ मत ल्याएका छन् भने अन्जन श्रेष्ठले ५७३ र उमेश श्रेष्ठले ४२६ मत ल्याएका छ । एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा १८ वटा मत बदर आएको छ । वस्तुगत तर्फ खसेको कुल १२३ मत खस्दा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले १२ मत, अन्जनले ४१ मत र उमेशलाल श्रेष्ठले ६९ मत पाएका छन् भने एक मत बदर भएको थियो । जिल्लानगरको ५० प्रतिशत मतभार, एसोसिएट ३० प्रतिशत मतभार र बस्तुगतको २० प्रतिशत मतभार रहेको छ ।