बैंकको ब्याजदर एकल अंकमा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बिहीबार बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत निर्धारण गरिएको छ । यो यसअघिको ब्याजदर संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
वाणिज्य बैंकहरुले चैत महिनाका लागि मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिरहेका थिए भने संस्थागत निक्षेपमा ९ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका थिए ।
साधारण बचतमा ६.५ प्रतिशतदेखि ८.४३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका बैंकहरुले आगामी वैशाख १ गतेदेखि न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् ।
बैंकहरुबीचको भद्र सहमतिअनुसार कुल निक्षेपमा भने बचतको तल्लो सीमाको ५० प्रतिशत हुनेगरी ब्याजदर निर्धारण गर्ने भएका छन् ।