तुवाचोटार टोल सुधार समितिको आयोजनामा २०८० सालको बिष्केट जात्रा सम्पन्न


भक्तपुर । हाम्रो संस्कृतिलाई हामिले पौराणिक कालदेखि चलि आएका आ आफनो रिति रिवाजलाई आ,आफनै परिवेषमा चलाउनु पर्नेमा तपाईं हामी सवैको महत्वपूर्ण अधिकार एवं कर्तव्य हो। त्यसै गरी २०८० सालको सुखद अवसरमा सुर्यविनायक नगरपालिका वडा नं ३ तुवाचोटार टोलसुधार समितिले आयोजन गरिएको बिष्केट जात्रामा रथ परिक्रमा गरि आफनो परम्परा एवं धार्मिक संस्कारलाई जगेर्ना गरेका छन् ।

हाम्रा सम्वाददाता विश्वनाथ ढुङगेलका अनुसार रथ यात्रा च्वामुटोलमा अवस्थित गणेश मन्दिरवाट शुभारम्भ गरि दक्षिण वाराहि मन्दिर हुँदै ल कलेज,सरस्वति मन्दिर , छुंटोल,ढुगेंल टोल खनालटोल,देवडोल चोक हुँदै रथ यात्रा पुन गणेश मन्दिरमा पुगेर यसपालि विष्केट जात्रा २०८० मनाईयो ।

यस तुवाचोटार टोल सुधार समति अन्तर्गत यस क्षेत्रमा विभिन्न जातजाति जस्तो व्रहामण ,क्षेत्री र नेवार जातिको वसोवास रहेको र प्राय गरि नेवारि जातिको बाहुल्य रहेको छ ।

नेवार जातिकै पहलमा यसवर्ष देखि नयां रथ खरिद गरी रथ परिक्रमा सञ्चालन गरिएको हो । यसपालिवाट सुरु गरीएको रथ निर्माणका लागि वडा कार्यालय ३ नं बालकोटवाट केही रकम रकम प्राप्त गरि नपुग रकम जनतावाट चन्दा सङ्कलनवाट रथ निर्माण गरिएको थियो । हामिले यो रथयात्रा पहिलो सचालन गरेका हौं । रथ यात्रा सञ्चालनका लागि च्वामुटोलमा छुट्टै धिमा समाज गठन गरेका छौ सोहि अनुसार कार्यक्रम समाज गठन गरिएको ।

रथयात्रामा सामेल भएका व्यक्तिहरुलाई रंग यात्रा कस्तो भयो भनी सोधनि गर्दा यसपालिवाट रथयात्रा सुरु गरेका हौ र हामिले जे जसरि यो वर्षको रथ यात्रा सम्पन्न गर्यौ र अब आगामि वर्ष अझ व्यवस्थित गर्नेछौ हामिलाई साह्रै खुसि लागेको छ । हाम्रा टोलवासि दाजुभाई तथा दिदिबहिनिहरुको उत्साहजनक सहभागिता भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *