महालक्ष्मी विकास बैंकको ऋणपत्र ४ दिनमै बिक्यो
काठमाडौं । महालक्ष्मी विकास बैंक निष्काशन गरेको ‘११ प्रतिशत महालक्ष्मी डिवेन्चर –२०८९’ चार दिनमै बिक्री भएको छ । बैंकले चैत्र २९ गते देखी निष्काशन खुल्ला गरेको डिबेन्चर तोकिएको समय अुनसार चार दिनमै बिक्री भएको हो । दश वर्ष अवधि तथा वार्षिक ब्याजदर ११ प्रतिशत भएको यस ऋणपत्र जम्मा एक अर्ब रुपैंयाँको ६० प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो । इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । तर बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो ।