अजोड इन्स्योरेन्स र यूनाईटेडले डाके विशेष सभा


काठमाडौं । अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनीले मर्जर प्रस्तावलाई अन्तिम रुप दिन विशेष साधारण सभा बोलाएका छन् । दुवै इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैशाख ४ गते बसेको बैठकले बैशाख २५ गते विशेष साधारणसभा बोलाएका हुन् । अजोड इन्स्योन्सको सभा यूनाइटेड ट्रेड सेन्टर त्रिपुरेश्वर र यूनाइटेड इन्स्योरेन्सको अनमोल ब्याङ्क्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजे बोलाएका हुन् ।

सभाले अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभ्ने तथा गाभिए पश्चात् यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट निर्जीवन बीमा व्यवसाय सुरु गरिने प्रस्ताव पारित गर्नेछन् । दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात स्वाप रेसियो १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको छ । अर्थात् अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् । गत पुस अन्तिममा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । एकीकृत कारोबार पश्चात् अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ बन्ने छन् । विशेष साधारणसभा प्रयोजनार्थ अजोडले बैशाख १२ गते र यूनाइटेडले बैशाख १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *