एसईई र स्नातकका लागि अल्फा बेटाको ब्रिज कोर्स


काठमाडौं । शिक्षा परामर्शदाता अल्फा बेटाले माध्यमिक शिक्षा परीक्षा एसईई दिएर नेपालका शीर्ष कलेजहरूमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीहरूका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम नेपालका उत्कृष्ट कलेजहरूद्वारा सञ्चालन हुने जटिल किसिमका प्रवेश परीक्षाका लागि विद्यार्थीहरूलाई तयार पार्ने गरी डिजाइन गरिएको अल्फा बेटाले जनाएको छ । ब्रिज कोर्स कार्यक्रम १० हप्ताको प्रवेश तयारी कक्षाका रुपमा रहने र यसले विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सीप बढाउन र कलेज प्रवेश परीक्षाको लागि तयारी गर्ने अवसर प्रदान गर्ने अल्फा बिटाको जनाएको छ ।

विद्यार्थीहरूले सेन्ट जेभियर्स एन्ट्रान्स प्रेपरेसन कोर्स, एड्भान्स साइन्स कोर्स, र एड्भान्स मेनेज्मेन्ट कोर्स गरी तीन फरक पाठ्यक्रमहरूबाट छनौट गर्न सके यसले जनाएको छ । बिहान साढे ६ देखि पौने ९, बिहान ९ देखि सवा एघार, दिउँसो साढे ११ देखि पौने दुई र २ बजेदेखि सवा चार बजेसम्मको सिफ्ट कक्षा उपलब्ध रहेको अल्फा बिटाले जानकारी दिएको छ । अल्फा बेटाका सीईओ द्विराज शर्माले नेपालका उत्कृष्ट विद्यालयहरूको प्रवेश परिक्षाको चुनौती पार गर्न सक्ने किसिमले यो ब्रिज कोर्स कार्यक्रम तयार पारिएको बताएका छन् । यसका लागि रजिस्टर गर्ने सुरुवाती १ सय जनालाई ३० प्रतिशत छुट उपलब्ध रहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *