फेरि मागे हर्क साम्पाङले वडाध्यक्षहरुको राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले वडाध्यक्षहरुको फेरि राजिनामा मागेका छन् । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरुको राजीनामा मागेका हुन् ।

मेयर साम्पाङले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।

जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ मेयर सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *