नेपालबाट कोरिया जाने हवाई भाडा महँगो भएको बारे ईपीएस कोरियासँग स्पष्टीकरण माग

काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोध्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे श्रम मन्त्रालय मार्फत स्पष्टीकरण सोध्ने भएको हो ।

मन्त्री सुदन किराँतीका अनुसार ईपीएसबाट कोरियन एयरलाइन्सले कोरिया जाने टिकटको लागतबारे प्रश्न गरिएको छ । सो टिकटबाट प्रतिव्यक्ति कति नाफा आउँछ भनी प्रश्न गर्ने निर्णय भएको मन्त्री किरातीले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *