कम्युनिष्ट पार्टी बिच छिट्टै कार्यगत एकता हुन्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीहरुको मन मिल्यो भने छिट्टै कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकता हुने बताएका छन् ।

उनले समाजवादी मोर्चा बनाएर कार्यगत एकता गर्ने बताए । आइतबार नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा आयोजित नेपाल कम्युनिस्ट आन्दोलनको उपलब्धी, चुनौती र सम्भावना विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमा नेकपा मसलका प्रवक्ता रामप्रकाश पुरीले कम्युनिस्ट पार्टी विभिन्न कारणले एक हुन नसकेको बताए । उनले रहर भए पनि विचार र संगठनका कुराहरू नमिल्दा एक हुन नसकेको बताए ।

उनले भने, ‘अहिले कार्यगत एकता गरेर कम्युनिस्ट पार्टीहरु एक हुनुपर्छ । अलग ठाउँमा भए पनि मुल कुरा कम्युनिस्ट पार्टीको जनताको मुद्दा सम्बोधन गर्नु रहेको छ । यो गोष्ठीले छ्लफलको ढोका खोलेको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *