चितवन २ को मतगणनामा सिडिओ पौडेललाई नै प्रवेश रोक

काठमाडौं । चितवन २ को मतगणना सुरु भएको छ । मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई प्रवेशमा रोक लगाइएको छ ।
नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सिडिओ पौडेलले सहयोग गरेको आरोप लगाउँदै उनलाई मतगणनास्थलमा प्रवेशमा रोक लगाउन माग गरेपछि उनी नजाने भएका हुन् ।
सोमबार बसेको सर्वदीय बैठकमा कांग्रेस चितवन सभापति राजेश्वर खनाललगायत सबै दलका प्रतिनिधिले पौडेललाई मतगणनास्थलमा रोक लगाइए मात्र मतगणना सुरु हुन सक्ने बताएपछि आफ्नो कारण मतगणना प्रभावित नहोस् भनेर उनी आफैंले नजाने बताएका हुन् ।
रास्वपाले आचारसंहिता मिच्दासमेत समर्थन गरेको आरोप खेपेका पौडेलविरुद्ध निर्वाचन आयोगमा उजुरीसमेत परेको छ । अब चितवन २ को सम्पूर्ण सुरक्षा जिम्मा निर्वाचन प्रमुखले लिने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *