कुवेतविरुद्ध ११३ रनमा अलआउट भयो सिंगापुर
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत सिंगापुरले कुवेतलाई ११४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३१.४ ओभरमा अल आउट हुदै ११३ रन मात्र बनाएको हो ।
सिंगापुरका लागि अमर्त्य कउलले सर्बाधिक ४५ रन बनाए भने मनप्रित सिंहले २८ र थिलीपन ओमैदुरैले १३ रन बनाएका थिए । यी बाहेक सिंगापुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
त्यस्तै कुवेतका बलरमोहमद अस्लामले सर्बाधिक ५ विकेट लिए । त्यसति शिराज खानले ३ तथा यसिन पटेल र अदनान इद्रिसले एक एक विकेट लिए ।
जारी एसीसी प्रिमियर कप अन्तर्गत समुह बि मा रहेको सिंगापुरले अहिलेसम्म खेलेका तिनै खेल हारेको छ भने यो उसको अन्तिम खेल हो । त्यस्तै कुवेतले भने यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।