एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न
काठमाडौं । जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न गरेको छ । यस राइड टिभिएसको महेन्द्रनगर महामाया ट्रेड एंड सप्लायर्स महेन्द्रनगर , कंचनपुरबाट सुरु भएर दोधारा – अतिथि रिसोट पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो ।
साथै, सहभागि सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडर सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।