उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा उनले प्रहरसमक्ष आत्मसमर्पण गरेका हुन् ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि बुधबार उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले नियन्त्रणमा लिएको हो ।

गृह मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा पाण्डेले ठगी गिरोहलाई सघाएको पुष्टि भएको छ । गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै सयौंलाई ठगी गरेको थियो ।

जसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा.इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन्। राईका छोरा निरजविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । राईले विभिन्न समयमा गरी साढे पाँच करोड रुपैयाँ लिएको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, सन्देश शर्मा र टंक गुरुङलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये दुलाल पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए ।शर्मा र भण्डारी पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका सहयोगी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *