महालक्ष्मी विकासको क्रेडिट कार्ड सेवाको शुभारम्भ


काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुका लागि भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै २९औं वार्षिकोत्सवको अवसर पारेर बैंकले शुक्रबारदेखि ग्राहकका लागि भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त सेवाको उद्घाटन गरेका हुन् ।

उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सबै नेपाली माझ पुर्‍याउने प्रतिबद्धता जनाए । क्रेडिट कार्ड प्रयोगकर्ताले पोइन्ट अफ सेल, अनलाइन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटीएमबाट सजिलै नगद झिक्न, पीओएस मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् । कार्ड मार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिनसम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सीमा १५ हजारदेखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध रहेको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *