एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेश्नल बिच ग्राहकलाई लक्षित गरी नेपाल रेमिट इन्टरनेसनलका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्ट मार्फत पठाएको रेमिटयान्स रकम भुक्तानी गर्ने सम्झौता भएको छ । नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखा मार्फत भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता, प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्यालबिच सम्पन्न भयो । साथै, नेपाल रेमिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सागर खनालको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल रेमिट इन्टरनेसनलका नायब महाप्रबन्धक देव बहादुर थापाको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।