जनमत पार्टीले दुई जना सांसदलाई गर्यो कारबाही
काठमाण्डौं । जनमत पार्टीले दुई जना सांसदलाई निष्कासन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मु (मोरङ) र विनिता सिंह (सिरहा) लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए। मुर्मु मोरङकी समानुपातिक सांसद हुन् भने सिंह सिरहाकी सांसद हुन्। उनीहरूले सांसद भएर अनुशासन उल्लंघन गरेको जनमतले आरोप लगाएको छ। बैठक अहिले पनि जारी छ।