भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल


काठमाडौं। भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले उनलाई नियुक्त गरेको हो। यसअघि भन्सार महानिर्देशक चक्रबहादुर बुढा थिए। करिब दुई साता अघिमात्र बुढा सरुवा भएका हुन्। बजेटअघि मात्रै पौडेल खानेपानी मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका हुन्। पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकको कार्यभार सम्हालिसकेको अनुभव छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *