सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न पाउने, अर्को पेसी असार २९ गतेलाई सारियो

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने र नेपाली राष्ट्रिय टिमका कोच मोन्टी देसाई मंगलबार साँझ दक्षिण अफ्रिका प्रस्थान गर्ने भएका छन् । सन्दीप विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका जाने भएका हुन् । उनीसँगै प्रशिक्षक देसाई पनि अफ्रिका प्रस्थान गर्ने भएका छन् ।

जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्धको पेसी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघले उनलाई विश्वकप छनोट खेल्न पठाउन लागेको हो । असार २९ गतेभन्दा अगाडि पेसी नतोकिने भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् ।

गत मंगलबार नै राष्ट्रिय टोली अफ्रिका प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । सन्दीपका वकिलहरूले अदालतलाई अर्को पेसी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *