नेशनल लाइफले घरजग्गा र जलविद्युतमा लगानी बढाउँदै


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले जेठ २२ गते सम्पन्न आफ्नो ३५औं वार्षिक साधारणसभा मार्फत कम्पनीले घरजग्गा व्यवसाय र जलविद्युतमा लगानी बढाउने बताएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले लगानी निर्देशिका अनुसार उक्त क्षेत्रमा विशेष लगानी बढाउने भएको हो । नियामक निकायबाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न लागेको हो । यस्तै, कम्पनीले चालु आर्थिक वर्षभित्रै एक सहायक लगानी कम्पनी स्थापना गर्ने प्रक्रृयालाई अगाडि बढाउने योजना बनाएको छ ।

सभामा अध्यक्ष प्रेमा सिंहले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा व्यवसाय चुनौतिपूर्ण भएको बताइन् । चुनौतिपूर्ण अवस्थामा पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आर्थिक वर्ष २०७८।७९ मा बीमाको पहुँचमा उल्लेखनीय वृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फष्टाउनेमा उनी आशावादी छिन् ।

आर्थिक वर्ष २०७८।०७९ मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले वृद्धि भई १४ अर्ब ४० करोड, जीवन बीमा कोष २०.८४ प्रतिशतले वृद्धि भई ५० अर्ब ८० करोड र कूल लगानी १९।८५ प्रतिशतले बढी ४७ अर्ब ३ करोड पुगेको इन्स्योरेन्सले जानकारी गराएको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न इन्स्योरेन्स प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आर्थिक वर्ष २०७८.०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *