वुलिंगको इभी कार किन्दा इलेक्ट्रिक साइकल
काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्सले वुलिङ ब्राण्डको इलेक्ट्रिक कारमा उपहार योजना ल्याएको छ । कम्पनीले वुलिंगको इभी कार खरिद गर्ने ग्राहकलाई ग ६० किमी माइलेज दिने बोस्च मोटर्स भएको सामसङको ब्याट्री भएको इलेक्ट्रिक साइकल निःशुल्क पाउने उपहार योजना ल्याएको हो ।
इन्डोनेसिन कार वुलिंग हाल नेपाली बजारमा २०० र ३०० किमिको रेन्जमा उपलब्ध छ । यो योजना वुलिंग इलेक्ट्रिकको नक्साल, भक्तपुर राधेराधे र भैसेपाटीमा भएको शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ । बज्र ग्रुपले नेपालमा ३१ वर्षदेखी विश्वको विभिन्न प्रसिद्ध ब्राण्ड बिक्री तथा वितरण गर्दै आएको छ ।

















