कोसी प्रदेशमा नामाकरणको विषयलाई लिएर सत्तापक्ष आफूहरूसँग भिड्न आएको एमाले सांसद योगेश भट्टराईको आरोप

काठमाडौं । एमाले सांसद योगेश भट्टराईले कोसी प्रदेशमा नामाकरणको विषयलाई लिएर सत्तापक्ष आफूहरूसँग भिड्न आएको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै एमाले सचिवसमेत रहेका भट्टराईले कोसी प्रदेश नामाकरणपछि पहिचानवादी समूहले पार्टीका नेतालाई निशाना बनाएको भन्दै कडा आपत्ति जर्नाए ।

कोसी प्रदेशको नामलाई लिएर एमालेका शीर्ष नेताको हत्या प्रयास भएको भन्दै उनले एमाले नेतामाथि निरन्तर भइरहेका आक्रमणबारे स्पष्ट जवाफ दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराए।

‘ुप्रदर्शनकारीको मृत्यु के कारणले भयो ? पुलिसले हो कि ? राज्यले हो ? या अरु कारणले गृहमन्त्रीज्यू जवाफ चाहियो । प्रदेशको नाम के राख्ने हामीसँग सरोकारको विषय होइन । कुनै पार्टीलाई चित्त बुझेको छैन दभने वैधानिक प्रक्रियाबाट दुई तिहाइ बहुमतबाट नाम परिवर्तन गर्नुस् हामीलाई स्वीकार्य छ । ढुंगामुढा र अराजकता सृजना गरेर हुँदैन, देशलाई जातीय र साम्प्रदायिक विभाजन गर्नेभन्दा दुस्खद कुरा केही छैन, यो स्वीकार्य हुँदैन,’ उनले भने ।

सत्तापक्ष एमालेसँग भिड्न खोजेको हो भन्दै उनले प्रश्न गरे । ‘मुख्यमन्त्रीमाथि हमला हुन्छ, अरु मन्त्रीमाथि दुर्व्यवहार भएको छ, सरकारी कार्यालयका साइनबोर्ड फ्याँकिएका छन्, सरकार रमिता हेरेर बसेको छ, सत्तारुढ घटकमध्येका केही दलका प्रतिनिधिहरु हाम्रो पार्टी अध्यक्षमाथि हातपात गर्न आए, राम रानामाथि हातपात गर्न आए, उपनेतामाथि हातपात गर्न आए, उपसभामुखमाथि हातपात गर्न आए, तपाईलाई भिडियो र फोटो देखाउला, सत्तापक्ष हामीसँग भिड्न आउन खोज्नुभएको छ,’ उनले भने ।

सरकारले सुरक्षा दिन नसके एमालेले आफ्नो सुरक्षा आफैं गर्ने सांसद् भट्टराईले बताए । ‘एमालेमाथि पार्टीगत हिसाबले नेतागत हिसाबले निशाना लगाइन्छ भने गृहमन्त्रीजी तपाईले सुरक्षा दिन सक्नुहुन्न भने एमालेको सुरक्षा एमालेले गर्छ, गृहमन्त्रीबाट स्पष्ट जवाफ चाहान्छौं, स्पष्ट जवाफ आएन भने हाम्रो विरोध जारी रहन्छ,’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *