सानिमा जिआईसीको पाँचौ वार्षिक साधारणसभाले सञ्चालकमा ६ जना निर्वाचित


काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको बिहीबार सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारणसभाले सञ्चालक समितिमा संस्थापक सञ्चालक ३ र सर्वसाधारण सञ्चालक ३ जना गरी कूल ६ जनालाई निर्विरोध निर्वाचित गरेको छ । नवर्निवाचित सञ्चालकहरुमध्ये संस्थापक सेयरधनीहरुको तर्फबाट कुनाल कयाल, दिलिप श्रेष्ठ र मिता मुरारका अग्रवालले संचालक समितिमा प्रतिनिधित्व गर्ने छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट डा. हेमन्त कुमार दवाडी, प्रकाशमान श्रेष्ठ र सरस्वती गौतम (ज्ञवाली) ले संचालक समितिमा प्रतिनिधित्व गर्ने छन् ।

काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको उक्त सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ । त्यसैगरी आगामी आ.व. २०७९।०८० का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा श्री एन.अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित भएको छ । साथै, कम्पनीले आफ्नो् व्यवसाय थप विस्तार गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्न त्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *