प्रलेस भक्तपुरको समसामयिक प्रकाशन आलोकको लोकार्पण


भक्तपुर । असार २ गते शनिवार आदर्श मा. वि लायकु ठिमीमा सञ्चालन भएको प्रलेस भक्तपुरको समसामयिक प्रकाशन आलोकको लोकार्पण गरियो । यस कार्यक्रमको सभापतित्व गणेश घिमिरेले गर्नु भएको थियो । प्रमुख अतिथ डा. मधुसुदन गिरिको उपस्थिति रहेको थियो ।अनुशिलन नेपालका अध्यक्ष जिवनाथ अधिकारीलाई लोकार्पण पुस्तकको समिक्षात्मक टिप्पणिको जिम्मा दिएको थियो । कार्यक्रम सञ्चालक बुद्धि कुुमार घोले गर्नु भएको थियो । हाम्रा सम्वाददाता विसश्वनाथ ढुङगेलका अनुसार आजको कार्यक्रममा १५ जना साहित्यकारहरुले आ आफनो रचना बाचन गर्नु भएको थियो ।

सवै साहित्यकारहरुले आ आफनो वाचनमा जे भनियो त्यसका विषयमा तुरुन्त खण्डन गर्न सक्ने साहित्यकार डिल्लिप्रसाद मुलतिहुन जो व्यक्ति हुनु हुन्छ उहाँलाई मैले तुरुन्तात्मक कविको रुपमा लिएको छु । सो कार्यक्रममा हरिप्रसाद सिलवालले १५ जना कविता वाचकहरुको विषयमा समसामयिक कमि कमजोरिलाई टीका टिप्पणि औल्याई वाचकहरुलाई हौसला वढाई दिनु भयो । कार्यक्रममा सहित्यिक स्रष्ठा वैरागि जेठाले साहित्य उत्थानका लागि सवैको एकताको आवस्यक छ भन्नु भयो। कार्यक्रमका प्रमुख अतिथि डा मधुसुदन गिरिले यो एउटा स्वतन्त्र र विसुद्ध सवैको साझा चौतारी हो भनी प्रष्ट पार्नु भयो । अन्त्यमा सभापतिले कमि कमजोरिका विषयमा अवका दिनमा गल्ति सुधार्दै लाने छौ र हाम्रो कमि कमजोरि भएकै हो यसलाई रचनात्मक आलोचना गरेरदिएमा सवैका लागि प्रेरणा दायि मिल्ने थियो भनी कार्यक्रम समापन भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *