करणको उत्कृष्ट बलिङका बाबजुद नेपाललाई अमेरिकाको मध्यम लक्ष्य

काठमाडौं । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोट खेलमा अमेरिकाले नेपाललाई मध्यम लक्ष्य दिएको छ ।

ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले नेपालका तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङका बाबजुद ४९ ओभरमा १० विकेट गुमाउँदै २०७ रन बनाएको हो ।

अमेरिकाका लागि विकेटकिपर शायन जहाँगीरले उत्कृष्ट शतक प्रहार गरे । उनले ७९ बलमा १० चौका र ३ छक्काको मद्धतमा १०० रनको योगदान गरे । सुशान्त मोदनीले ४२ रन, गजानन्द सिंहले २६ रन बनाउँदा कप्तान आरोन जोन्स भने २ रनमै आउट भए ।

यस्तै, स्टीवन टेलरले ४ रन, नोस्टुस केन्जिगेले १ रन, निसर्ग केतनकुमार पटेलले ८ रन, जसदीप सिंहले १२ रन, सौरभ नेत्रावलकरले ४ रन, काइल फिलिपले रन बनाए । साइतेजा मुक्कामल्ला भने डकआउट भए ।

नेपालका लागि करण केसीले उत्कृष्ट सुरुवात गरे । केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर टेलरलाई एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजालाई आरिफ शेखबाट क्याच आउट गराए । उनले चार विकेट लिए ।

यस्तै, दिपेन्द्र सिंह ऐरी र गुलसन झाले दुई दुई विकेट लिँदा ललित राजवंशीको नाममा एक विकेट रह्यो ।

यता, स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन बनेका छन् । उनी अमेरिकाविरुद्ध सन्दीप विकेट विहीन बनेका छन् ।

सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट विहीन बनेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *