बिन्धबासिनी साकोसको तरलता १७ प्रतिशत माथि


बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाको तरलता १७.९५ प्रतिशत रहेको छ । संस्थाले २०८० जेठ मसान्तमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थामा ५६ करोड रूपैया तरलता रकम रहेको छ । त्यस अवधिमा संस्थाको शेयरपुँजी ४८ करोड २७ लाख, साधारण जगेडा कोष ३० करोड ९२ लाख, अन्य कोषहरूमा १६ करोड ३१ लाख, कुल संस्थागत पुँजी ३१ करोड ५८ लाख रहेको छ । त्यसैगरी जेठ मसान्तसम्म संस्थाले ३ अर्ब ११ करोड ९३ लाख बचत संकलन गरी ३ अर्ब ६५ करोड, ७६ लाख ऋण लगानी गरेको छ । संस्थामा ४९ हजार ९ सय ४६ कुल सदस्य रहेकोमा ११ हजार ८०९ सदस्यले ऋण सुविधा उपभोग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *