गुल्सनले लिए वेष्ट इण्डिजको दोस्रो विकेट
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सन झाले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् । यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए ।
वेष्ट इण्डिजले ५ं.३ ओभरमा २ विकेट गुमाएर १२ रन मात्र बनाएको छ ।
नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।