भीआईपी पद सिर्जना गरेर सम्पत्ति दोहन गर्ने प्रवृत्ति अन्त्य गरौं : सांसद सिंह

काठमाडौं । प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले भीआईपी पद सिर्जना गरेर सम्पत्ति दोहन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा भीआईपी संस्कृतिकै कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढेको बताउँदै उनले पद सिर्जना गरेर राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन् । अहिले धेरै राजनीतिक पद सिर्जना गरी राज्यको सम्पत्ति दोहन भएको उनको भनाइ थियो ।

‘पद क्रेट गरेर महँगो गाडी किन्ने, त्यत्रो गाडीको अगाडि सेना, प्रहरी, सशस्त्र राख्ने भीआईपी कल्चर अन्त्य हुनुप¥यो,’ उनले भने, ‘किनभने यही भीआईपी कल्चरका कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्दै गइरहेको छ ।’

यसैगरी राष्ट्रपति र उपराष्ट्रपतिलाई सेतो हात्तीको रूपमा पालिएको उनले बताए । गणतन्त्रमा जनता प्रधान हुनुपर्नेमा राष्ट्रपति र उपराष्ट्रपतिलाई अर्को राजा बनाइएको बताए। जसकारण जनतामा वितृष्णा उत्पन्न भएको उनको भनाइ थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *