आठौं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मी विकासको प्रायोजन
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको प्रायोजन गरेको छ । ‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन प्रतियोगितालाई सहयोग गरिएको बैंकले जनाईएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले ८–९ असारसम्म काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा प्रतियोगिता आयोजना गरेको थियो । नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको थियो ।