नेपाल र पाकिस्तानको खेल औपचारिकता मात्रै
बैंग्लोर । साफ च्याम्पियनसिप २०२३ अन्तर्गत मंगलबार हुने नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार ३ः४५ मा हुने खेल औपचारिकता मात्रै हुने भएको छ । बैंग्लोरको कान्तिराव स्टेडियममा भइरहेको च्याम्पियनसिपमा यसअघि नै समूह ए मा दुवै खेल हार्दै बाहिरीसकेका नेपाल र पाकिस्तान अन्तिम खेलमा सुखद नतिजासहित घर फर्कन चाहन्छ । कुवेत र भारतसँग सुरुवाती दुई खेलमा हार बेहोरेपछि नेपालको यात्रा समूह चरणमै सकिएको हो ।
नेपाल पहिलो खेलमा कुवेतसँग ३ १ र दोस्रो खेलमा भारतसँग २ ० ले पराजित भएको छ । यस्तै पाकिस्तान भारत र कुवेतसँग समान ४ ० को अन्तरमा पराजित भएको थियो । समूह ए बाट घरेलु टोली भारत र आमन्त्रित टिम कुवेत दुई खेल जित्दै सेमिफाइनल पुगिसकेका छन् । यी दुईबीच बेलुका पौने ८ बजे हुने खेल समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । पाकिस्तान विरुद्धको खेलमा नेपालका अन्जन विष्ट चोटका कारण खेल्ने छैनन् । उनको स्थानमा अर्को खेलाडी खेल्ने पक्का छ । अनि अन्य केही पोजिसनमा पनि खेलाडी परिवर्तन हुन सक्ने मुख्य प्रशिक्षक भिनसेन्चो अल्बर्टो एनेसले बताएका छन् ।
‘अन्जनको स्थानमा अर्को खेलाडी आउनेछन् भने हाम्रो टिम र खेल्ने शैलीमा पनि परिवरत्न हुनेछ । हामीले आक्रमक भएर खेल्नुपर्छ । प्रशिक्षक एनेसले पाकिस्तान विरुद्ध जितकै लागि खेल्ने पनि बताएका छन् । उनले भने, ‘थोरै तयारी गरेर पनि हामीले सुरुवात दुई खेलमा राम्रो प्रयास गरेका थियौँ । केही सामान्य गल्तीले पराजित भयौँ । थ्री नेसन्स कपमापछि नेपाली टिममा धेरै परिवर्तन भएको छ । यस प्रतियोगितामा नेपालको प्रदर्शनबाट आफू सन्तुष्ट नै रहेको उनले बताए ।
नेपाल र पाकिस्तानबीचको खेल औपचारिकता मात्रै भएपनि मैदान उत्रेपछि जितकै लागि खेलिन्छ र यो खेलसँग प्रतिष्टा पनि जोडिन् । किनकि नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानलाई नहराएको पनि १५ वर्ष भइसकेको छ । पछिल्लो पटक २००८ मा नेपालले पाकिस्तानलाई ४ १ ले हराएको थियो । साफ च्याम्पियनसिपमा यी दुई टोलीबीच अहिलेसम्म ७ खेल हुँदा नेपाल र पाकिस्तानले समान २ खेल जितेका छन् । ३ खेल बराबरीमा टुङ्गिएको छ । पाकिस्तानको निलम्बन फुकूवा भएपछि गत वर्ष काठमाडौंमा यी दुई टोली पछिल्लो पटक भेट हादा भने नेपाल १ ० ले विजयी भएको थियो । उक्त खेलमा अन्जन विष्टले गोल गरेका थिए । समग्रमा भने नेपाल र पाकिस्तानबीच अहिलेसम्म १७ खेल भएको छ । जसमा नेपालले ६ खेल जितेको छ । पाकिस्तानले ५ खेल जित्दा ६ खेल बराबरीमा सकिएको छ