सरकार फेरबदलको चक्करमा रास्वपा नभएको सभापति लामिछानेको दावी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता सरकार परिवर्तनको चक्करमा आँफू नलाग्ने बताएका छन् ।
मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले रास्वपा अहिले देशभरमा संगठन विस्तारमा लागेकाले सरकार फेरबदलको चक्करमा रास्वपाभित्र नभएको बताएका हुन् ।
अहिले बहुदलीय प्रणालीमा सरकार गठन भएकाले सरकारफेरबदलको काम जारी हुने साधारण कुरा भएको भन्दै सरकारले जनपक्षीय काम गर्ने नसकेको टिप्पणी समेत गरेका छन् ।
बजेट पास भइसकेपछि पनि रास्वा सांसद रविलामिछानेले जनअपेक्षाकृत बजेट नआएको बताएका हुन् । जसका कारण जनपक्षा अनुसारको काम गर्न नसकिने उनको भनाइ छ ।