मोबाइल बैंकिङ र डिजिटल वालेटमा आफ्नै नामको सिमकार्ड प्रयोग गर्न राष्ट्र बैङकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डमात्र प्रयोग गर्न आग्रह गरेको छ ।

मंगलबार राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् । अर्काको नामबाट निकालिएको सिमबाट बैङकीङ कारोबार गर्दा धेरै नकरात्मक गतिविधी बढ्ने भएकाले आफ्नो खाता सुरक्षा हुने भएकाले राष्ट्र बैङकले यस्तो जनाएको हो ।

आफूले प्रयोग गरिरहेको मोबाइल हराएमा वा चोरी भएमा वा मोबाइल नम्बर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्थालाई यथाशीघ्र जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *