सिटिजन्स बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल र होटेल दा फ्लामीङगोमा छुट


काठमाडौं । सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोबीच समझदारी भएको छ । बैंक र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी र होटेल दा फ्लामीङगोबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका ग्राहकले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *