बहालवाला जनप्रतिनिधि वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने


काठमाडौं । नेपाल राष्ट्र बैंकले बहालवाला जनप्रतिनिधि वित्तीय संस्थामा पदाधिकारी वा सञ्चालक रहन नपाउने व्यवस्था गरेको छ । ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ प्रथम संशोधन जारी गर्दै राष्ट्र बैंकले जननिर्वाचित व्यक्ति भुक्तानी सेवा प्रदायकको सञ्चालक बन्न नपाउने व्यवस्था गरेको हो । नीतिमार्फत राष्ट्र बैंकले संवैधानिक पद धारण गरेको व्यक्ति वा संघीय संरचना बमोजिमको स्थानीय, प्रादेशिक वा संघीय तहको पदाधिकारीमा निर्वाचित व्यक्ति पदमा बहाल रहेसम्म राष्ट्र बैंकले अनुमतिपत्र दिएका वित्तीय संस्थामा पदाधिकारी वा सञ्चालक बन्न नपाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेन्जर, विप्रेषण कम्पनी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकमा सञ्चालक तथा पदाधिकारीको रूपमा बहाल रहेको व्यक्ति एकैपटक अन्य भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थामा प्रतिनिधित्व गर्न वा कुनै पनि पदमा बहाल रहन नपाउने व्यवस्था गरेको हो । तर, कुनै अनुमतिपत्रप्राप्त संस्थामा भुक्तानी सम्बन्धी कार्य गर्ने अर्को संस्थाको लगानी रहेको अवस्थामा लगानीकर्ता संस्थाको तर्फबाट कर्मचारीले लगानी रहेको संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न तथा नेपाल सरकार वा यस बैंकले नियुक्त गरेको अवस्थामा यो व्यवस्थाले बाधा नपुर्‍याउने नीतिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *