पत्नी सीताको पार्थिक शरीरमा श्रद्धाञ्जली दिँदा प्रचण्डले रोक्न सकेनन् आँशु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् । पेरिसडाँडामा राखिएको पार्थिव शरीरमा प्रचण्डले श्रद्धाञ्जली दिएका हुन् ।
श्रद्धाञ्जली दिँदा प्रचण्ड भक्कानिए । उनले आफूलाई रोक्न सकेनन् । अश्रुमिश्रित अवस्थामा देखिए । छोरी रेणु र गंगालाई दायाँबायाँ राखेर उनले सीतालाई श्रद्धाञ्जली दिएका छन् ।
छोरा प्रकाश दाहाललाई गुमाएको ६ वर्षपछि प्रचण्डले पत्नी शोक पनि व्यहोर्नु परेको हो। उनले सबैभन्दा पहिले जेठी छोरी ज्ञानुलाई क्यान्सरका कारण गुमाएका थिए।बुधबार बिहान सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।
पेरिसडाँडामा जीवनसाथीको पार्थिव शरीरमा पुष्पअर्पण गर्दा प्रचण्डलाई दुई छोरी रेणु र गंगाले सम्हाले। पहिले माला चढाइसकेपछि प्रचण्डले भावविह्वल मुहारमा पत्नीलाई मुठ्ठी उठाएर सलाम गरे।
















