सावित्राले इन्जुरी टाइममा गोल गरेपछि नेपालको हार टर्‍यो


काठमाडौं ।अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले बंगलादेशसँग हार टारेको छ । ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले १ १ को बराबरी खेलेका हुन् । खेलमा घरेलु टोली बंगलादेशले कप्तान सबिना खातुनको गोलबाट ६५औं मिनेटमा अग्रता लिएको थियो ।

बंगलादेश जिततर्फ अग्रसर भइरहेको बेला नेपालले बराबरी गोल फर्काएको हो । इन्जुरी टाइममा नेपालकी स्टार खेलाडी सावित्राले गोल गर्दै नेपालको हार टारिन् । गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिप फाइनलमा खेलेपछि नेपाल र बंगलादेशबीच पहिलो पटक खेल भएको हो । साफमा नेपाल फाइनलमा बंगलादेशसँग ३(१ ले पराजित भएको थियो । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *