मेनपावर व्यवसायीले गरे अध्यागमन विभाग घेराउ, डिजीको राजीनामा माग

काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभागमा अवराेध गरेका छन् । शनिबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा माग गर्दै प्रर्दशनसहित विभागमा अवराेध जनाएका हुन् ।

ठूलो संख्यमा रहेका म्यानपावर व्यावसायीले विभाग परिसरमा प्रर्दशन गर्दै मेनपावरले सिफारिस गरेर पठाएका श्रमिकलाई विनाकारण अध्यागमन विभागले फिर्ता गरेको भन्दै व्यावसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

केही दिन अघि घरेलु कामदारको रुपमा कुवेत जानलागेका ११७ जना लाई अध्यागमन विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काएकोे थियो । अध्यागमन विभागले भिषा चेक गर्दा दुई प्रकारको भिषा बनाएर मेनपावरले पठाउन लागेको भन्दै कुवेत जान लागेका श्रमिकहरुलाई फर्काएको जनाएको थियो । तर, व्यवसायीहरूले भने भिसा, श्रम स्वीकृत, हवाई टिकट लगायतका सबै कागजात हुँदा पनि अध्यागमनले रोकेको आरोप लगाउँदै आएका छन् ।

वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरि सस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई अध्यागमनले रोक्दै आएको महासचिव भुर्तेलकाे भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *