अमेरिकामा अत्याधिक गर्मी , तापक्रम बड्दो क्रममा

वासिङटन डिसी । अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्याधिक गर्मी बढिरहेको छ। सम्पूर्ण दक्षिण-पश्चिममा लू खतराको स्तरमा पुग्ने चेतावनी जारी गरिएको छ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले शनिबार गर्मीको प्रभावलाई कम आँकलन नगर्न चेतावनी दिएको छ। लगभग एक तिहाइ अमेरिकीहरू (लगभग ११० मिलियन) यसबाट प्रभावित छन्। फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अहिले वासिङ्टन पनि गर्मीको लहरको चपेटामा छ।

क्यालिफोर्नियाको डेथ भ्यालीमा तापक्रम ५३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।

लस भेगास र नवाडा जस्ता ठाउँहरूमा केही दिनमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्न सक्ने जनाइएको छ।

अमेरिकामा हरेक वर्ष गर्मीका कारण करिब ७०० जनाको मृत्यु हुने गरेको छ। अमेरिकामा अर्को सातासम्म चर्को गर्मी जारी रहने अनुमान गरिएको छ । बीबीसी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *