कांग्रेसको फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसारकांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रसारण हुन लागेको हो । बैठक १ बजे सानेपामा सुरु हुनेछ।
सोमबारको पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव राखेका हुन् । ११ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।