लघुवित्तिय संस्थाहरु खारेज गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने लगायतका माग राख्दै लघुवित्त पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सारेका छन् । आफुहरुको माग सरकारले पूरा गर्नुपर्ने भन्दै संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले एक सातादेखि अनसन बस्दै आएका छन् ।

प्रदर्शनमा सहभागी अध्यक्ष ज्ञवालीले मुलुकी ऐन अनुसार मौद्रीक नीति नवनेसम्म लघुवित्तीय क्षेत्रमा देखिएका समस्या समाधान नहुने र मुलुकको पनि रुपान्तरण हुन नसक्ने बताए । लघुवित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध एकजुट भएर लघुवित्तका दलालहरुलाई कानूनी कठघरमा ल्याउनुपर्ने उनले धारणा राखे । संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *