सुर्यविनायक नगरपालिका ३ र बालकोट युवा क्लबको आयोजनामा एसईई दिइ उतिर्ण भएका सम्मानित
भक्तपुर । सुर्यविनायक नगरपालिका वडा न.३ को सहयोग तथा बालकोट युवा क्लबको आयोजनामा एसईई दिइ उतिर्ण भएका भाइ बहिनीहरुलाई सम्मानित गरेको थियो । सो कार्यक्रमको प्रमुख अतिथी कावा वडाध्यक्ष घनश्याम भटराई, वडा सदस्य जनक भण्डारी,वडा सदस्य हेमा खतिवडा क्लबका अध्यक्ष निश्चल श्रेष्ठ उपाध्यक्ष रिजन सिलवाल , नविन खत्रीको उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी घनश्याम भटराईले बिधार्थोको जिवन नभइ कुनै जिवन नहुने र मिहिनेत गरेर पढ्न अनुरोध गर्नुभयो ,वडा सदस्य जनक भण्डारीले आफु ट्यालेन्ट हुनुपर्ने र बिंसगतीको संगत गर्न नहुने बताउनु भयो ,वडा सदस्य हेमा खतिवडाले फलामे ढोका पार गरेर आउनु भएकोमा बिधार्थो अविभावकलाई विशेष धन्यवाद दिनु भयो त्यसैगरी बालकोट युवा क्लब सभाध्यक्ष निश्चल श्रेष्ठले थप मेहनत गर्न हौशला प्रदान गर्न बधाइ दिनुभयो साथै १६ देखी २४ वर्ष सम्मकालाई यस क्लबमा सग्लन हुन अनुरोध गर्नुभयो । उपाध्यक्ष रिजन सिलवालले यस युवा क्लबमा सग्लन हुन आव्हान गर्नुभएको थियो । सम्मान कार्यक्रममा २१ जना भाइ बहिनीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अबिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन ओजश्वी काफ्लेले गर्नुभएको थियो । सम्मानित हुने भाइ बहिनीहरुमा क्रमशः निर्जला बस्नेत,मौसम थापा,राधा खत्री,प्रिमुल गैरापिप्ले,सनिसा कार्कि,कृष महरा,र्किती अधिकारी,रस्ना श्रेष्ठ,सन्दिप श्रेष्ठ,अग्रिमा पौडेल,आशा श्रेष्ठ,उत्कृष्ट भण्डारी,सुजिना श्रेष्ठ,डिकेन भण्डारी,सदिच्छा सुवेदी,प्रसिदी सिलवाल,सन्देस लामा,अनिश थापा,निशा गिरी,अनमोल घिमिरे,मिमेस श्रेष्ठ रहेका छन् ।