प्रतिनिधिसभा बैठक भोलि ३ बजेसम्मका लागि स्थगित

काठमाडौं । मंगलबार दिनको ३ः ०० बजे बस्ने गरी तोकिएको प्रतिनिधिसभा बैठक भोली दिनको ३ :०० बजेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३)बमोजिम सभामुखले अर्को बैठक भदौ ६ गते बुधबार दिनको ३ः ०० बजे बस्ने गरी निर्धारण गरेको संघीय संदसका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक स्थगित गरिएको हो ।एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने भन्दै आएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *