शुन्यताको यो जीवन
गल्यो हात गल्यो
जिउँ गल्यो,
खुट्टा गल्यो,
अब सास गल्न मात्रै बाँकि छ।
भान्छामा जाउँलो पकाएर राख्देको छौ।
तातोपानी थर्मसमा छ मिलाएर खानु,
फलफुल जेखाएनि छ केलाएर खानु।
कता कता कानमा गुन्जिए झै लागेको छ।
बज्यो कान बज्यो ,
थाहा भएन टि भिका गुन्जनले के भन्यो ,
आँखा धमिलो बन्यो ,
सायद भोकले होला मेरो शरीर फेरि गल्यो,
गल्यो हात गल्यो ,
खुट्टा गल्यो ,
अब सास मात्रै गल्न बाँकि छ।
काधमा हुर्किएको नाति आकासमा उडेर कहाँ गयो
म बुढेसकालमा स्यार्छु, साहारा बन्छु बा भन्थ्यो,
उसकै सुख सहेलमा परदेशी बनी रमाउन गयो
गयो नातिले छोडेर गयो ,
छोरिहरुले छोडेर गयो,
छोरा बुहारिले छोडेर गयो ,
यी अभागि बृद्ध बाउ आमालाई सासले छोडेन।
आउछु बा आमा दशैंमा भेटौंला भन्थे सबैले,
आएन कुनै त्यो चाडबाड फुर्सद पाएन कसैले ,
गल्यो आँखा गल्यो,
हेर्दाहेर्दै तिमीहरू आउने बाटोमै आँखा भुल्यो,
आज झन् झन् त उठाउनै नसक्ने गरि शिर गल्यो,
अंग अंग गल्यो,
नसा नसा गल्यो,
अब सास गल्न मात्रै बाँकी छ,
मैले औंला भाचुन्जेल,अनि म बाँचुन्जेल
कहिल्यै फर्कि आएनौ मेरा सबै साहारा,
वरिपरि भैदिए सजिलै सास जान्थ्यो मेरा पियारा,
बाचुन्जेल नमिलेका मेरा सन्तानहरु
मेरो लाशमा माल्यार्पण गर्न पक्कै आई हाल्नेछौ।
अन्तिम संस्कार गर्न भनी चार दिन आईसमा राखिहाल्नेछौ।
छोड्यो मेरो हंसले यो संसार छोड्यो
अब फर्किन्न म,,,, मेरो मायाँजाल मबाटै तोड्यो,
मुटुले छोड्यो ,
फोक्सो ले छोड्यो ,
यो बूढो बाउले सन्तति आउने बाटो कुर्न छोड्यो,
शरीर सकियो ,मिटिमा मिलिगयो,
सदाको लागि यो घरको ढोका बन्द भयो ।
सदाको लागि बन्द भयो ।