बुबा गुमाएको दुई दिनमै काममा फर्किए मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुबा गुमाएको दुई दिनमै काममा फर्किएका छन् ।

शुक्रबार समाजिक सञ्जालमार्फत उनले मर्ने त मरेर गइजानु भयो बाँकी जीवन बाँच्नेको निम्ति भन्दै काममा फर्केको जानकारी दिएका हुन् ।

‘मर्ने त मरेर गैइजानु भयो, बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फर्कें,’ उनले थपे, ‘हाम्रो बुबाको उपचारमा दिन रात खट्नु हुने स्वास्थ्यकर्मीहरू, देश विदेशमा रहेर पनि बुबाको स्वास्थ्यलाभको कामना गर्नु हुने हाम्रो स्टमित्रहरू र भदौरे झरीमा रुझिभिजी आउनु भएका सम्पूर्ण मलामी जनहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको असार २७ गते निधन भएको थियो । पत्नीको निधनमा प्रधानमन्त्री प्रचण्डले एक सातासम्म सबै प्रकारका काम तथा भेटघाट बन्द गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *