तस्कर, ठग र भ्रष्टाचारी अत्तालिएका छन्, जनतामा आशा पलायो : गृहमन्त्री श्रेष्ठ

ललितपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन्। तर, आम जनतामा भने त्यसले आशा जगाएको उनकाे भनाइ छ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए।

‘प्रचण्ड नेतृत्वसको सरकारले चलाएको अभियानबाट तस्करहरू, ठगहरू भ्रष्टाचारीहरू आत्तिएका छन्। तर अधिकांश जनताहरू यो अभियानबाट खुसी भएका छन्। लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट जनतामा आशा पलाएको छ’, श्रेष्ठले भने।

उनले सरकारले भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको टिप्पणी गरे। ‘भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ। सरकार र गृहमन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो’, उनले भने, ‘यो अभियानमा जनताको साथ र सहयोगको अपेक्षा छ।’

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई अन्त्य गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचारविरोधी कदमकै निरन्तरता रहेको श्रेष्ठको भनाइ छ। उनले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने पनि बताए।

कार्यक्रममा सानुराज बज्राचार्य, संकरलाल वैद्य, रोशन महर्जन, सुनिल देउला, रामकृष्ण महर्जन, हरिकृष्ण महर्जन, रत्न महर्जनलगायत १५० जना माओवादी केन्द्रमा प्रवेश गरेका जनाइएकाे छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *