संविधान दिवस ३ दिन मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधान दिवस ३ दिन मनाउने निर्णय गरेको छ ।

आइतबार बिहान सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन असोज २, ३ र ४ गते भव्यरूपमा मनाउने निर्णय गरेको हो । असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावलीलगायतका कार्यक्रम हुनेछन् ।

त्यस्तै असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम तय गरिएको छ । असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यकाबाहिर पनि विविध कार्यक्रम हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *